सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर १३ गते।
धराने मिडिया : मोरङ र उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मंसिर १० गते साँझ पौने ७ बजे उदयपुरको चौदन्डीगढी नगरपालिका-९ स्थित मदन भण्डारी लोकमार्गमा प्रदेश १-०४-००१ च१३८६ नम्बरको कार अनियन्त्रित भई सडक नजिकै फलैचामा बसिरहेकी स्थानिय ४५ बर्षीया कमला देवी चौधरीलाई ठक्कर दिंदा घाईते भई तत्काल उपचारको लागी नगर अस्पताल बेल्टार लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको थियो ।
यसै गरी साँझ ७ बजे मोरङको पथरी शनिश्चरे-१ स्थित पुर्व पश्चिम लोकमार्गमा NL-01 AD 5511 नम्वरको लहरीले प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक धरान-११ का २० बर्षीय टार्जन राई गम्भिर घाईते भई उपचारको लागि स्थानिय मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न रहेका कार चालक सप्तरी सप्तकोशी नगरपालिका-१ का अम्मर दियाली र लहरी चालक भारत उत्तर प्रदेश मिर्जयापुरका दिनेश कुमार दासलाई प्रहरीले नियन्त्रणमा लिई कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।