ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

मोरङ, मंसिर १५ गते ।

धराने मिडिया : मोरङको रंगेली नगरपालिका-८ भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मंसिर १४ गते दिउँसो साढे १ बजे को. २ त ३१७२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुंदा ट्याक्टरले किचिएर ट्याक्टर चालक स्थानीय ३७ बर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी घाईते भएका ट्याक्टरमा सवार जहदा गाँउपालिका-७ का ४५ बर्षीय मोन्सी मुर्मुको रंगेली अस्पताल रंगेलीमा उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।