पकलीबाट खटिएको प्रहरीद्वारा नियन्त्रित औषधी सहित १ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
सुनसरी, मंसिर १७ गते ।
धराने मिडिया : सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर १६ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोली बराहक्षेत्र नगरपालिका-६ घर भई रामधुनी-५ स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय निवास श्रेष्ठलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ सय १९ क्याप्सुल नियन्त्रित औषधी सहित उनकै कोठाबाट पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर