धरानमा पहिलो ‘याक्थुङ सिने अवार्ड -२०८१ सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ मङ्सित १९ गते।

धराने मिडिया : धरानमा पहिलो पटक याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा आयोजित ‘याक्थुङ सिने अवार्ड २०८१’ सम्पन्न भएको छ।

यस कार्यक्रममा २०८०/८१ सालभित्र निर्माण भएका बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको हो।

बिपी प्रतिष्ठानको अडिटोरियम हलमा मङ्गलवार अबेर रात सम्म चलेको समारोह लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथ्यमा भएको थियो।

0f2ccb4d-46dc-4617-9d13-7b3eacfd9d8316617ff8-5d6b-4006-a659-836444841fb616760988-2d8b-4ae5-b4c9-e9980f8c9c7588155064-fa39-4298-b970-28531837cd5aabb94b51-76d3-42cf-86c0-9b492b11c71c

चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले बिभिन्न बिधामा याक्थुङ चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड विजेताको सूचीः

लघु चलचित्र तर्फ :

उत्कृष्ट चलचित्र – खोक्पा

उत्कृष्ट निर्देशक – प्रकाश लिम्बु – खोक्पा

नायक – तिरज लिम्बु – खोक्पा

नायिका -बिमला थोक्लिहाङ -इछिङ

अभिनेता – कर्ण सम्बाहाम्फे – इछिङ

अभिनेत्री – मिना हुक्पा चोङवाङ

6c3b210e-e197-4d6e-85f8-5b1e8ece9c22b0c118f1-d2e7-4e88-846f-de9f1c83ac3a67e281ca-15c4-48c0-aa93-68d28c89ba19322a08eb-c7f8-4aae-8dcf-764602c0335df5b5dfa7-0525-4ee2-be5c-14ba2a38d778


चलचित्र तर्फ:

निर्देशक – दिनेश माङमु – युक्पुङ

नायक – किशोर सम्बाहाम्फे – माङ्गेना

नायिका – बिमला खजुम – चे

नवनायक – राज श्रेष्ठ – सिकुम

नवनायिका – निसाम तुम्बापो – लोजिमा

चरित्र अभिनेता – सिडी बेघा – हाङनान्द

चरित्र अभिनेत्री – डम्बर कुमारी पयाङ्बो – सुगुप

सोदुङ्ना लेम्मुहाङ अवार्ड – प्रेम सुब्बा

तिगेन्जङना अवार्ड – मिना हुक्पा चोङवाङ

सोसियल चोइस चलचित्र – सुगुप

सोसियल लघु चलचित्र – खोक्पा

c5f32213-23f4-4917-9f49-668ee8bf88e2bc8834ea-da3e-4c4b-a779-574c0df67c5082c17b48-a664-4b38-8efe-54704f5e024303d35196-f3c5-4f7b-86ba-d5df7934ef20

d70aab2c-b4e5-4dd0-8596-d9c2cbbb0ad4