करेन्ट लागेर महिलाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
मोरङ, २०८१ मंसिर २६ गते ।
धराने मिडिया : मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।
मंसिर २३ गते साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।