खाने हैन त य:मरी!?, आउनुहोस् धरान
समाचारदाता : गोपाल पौडेल
२०८१ मङ्सिर २७ गते।
धराने मिडिया : धरान - ३ स्थित गल्ली टोलमा मंसिर २९ देखि पुस १ गते सम्म ३ दिने य:मरी उत्सव आयोजना हुने भएको छ।
उक्त कार्यक्रम बारे बुधवार पत्रकार सम्मेलन गर्दै नेवा: पासा खलको धरान उपमहानगर समितिले जानकारी दिएको थियो।
यसपालि उत्सवमा २ सय जना सांस्कृतिक कलाकारहरूले बाँसुरी ,धिमे, मादल खिं, नत्यखी धा बाजाहरूको संयुक्त प्रस्तुति हुने पनि आयोजकले जानकारी दिएको छ।
योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा य: मरि पुन्ही भनिन्छ ।
यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर य: मरि पुन्ही मनाउने चलन छ ।





















