धरान-११ का एक युवा सहित लागुऔषधमा सहित ७ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, मंसिर २९ गते ।

धराने मिडिया : झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो।

पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर