सुनसरीको पर्यटकिय स्थल तालतलैया (फोटोफिचर)
समाचारदाता : गोपाल पौडेल
२०८१ पौष १ गते।
धराने मिडिया : करीब २० हेक्टर क्षेत्रमा फैलिएको इटहरी उपमहानगरको २ र ३ वडामा अवस्थित तालतलैया सुनसरी जिल्लाको पर्यटकिय स्थल हो।
प्राकृतिक वनस्पति, ताल कुण्डहरु,विभिन्न प्रजातिका जिवजन्तुहरुको संगम स्थल ताल तलैयामा घुम्न आउनेको संख्या दिनानुदिन बढि रहेको छ । बनभोजको अहिले को समयमा यहाँ बनभोजका लागि आउनेहरुको ठुलै लर्को लाग्ने गरेको छ ।
इटहरी चोकबाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राजमार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलैया पर्दछ । बालमैत्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, चित्तल, मृग, विभिन्न जातका खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुहरुको अवलोकन ताल तलैया क्षेत्रका प्रमुख आकर्षण हुन् ।