चलचित्र ‘बम बहादुर’ इतिहास देखि मनोरञ्जन सम्म (भिडियो सहित)
समाचारदाता : गोपाल पौडेल
२०८१ पौष ०२ गते।
धराने मिडिया : आगामी पुस ५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ।
पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा चलचित्रका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए ।
चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिष्ठ कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको अभिनय छ ।
मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको चलचित्रले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्सको अनुभव गराउने दाबी छ।
‘बम बहादुर’ चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ।