दोस्रो अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधी धरानको होलि गाडेनलाई
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस ०४ गते ।
धराने मिडिया : धरान नृत्यकला प्रतिष्ठानद्वारा आयोजित दोस्रो धरान नगर स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड लोक नृत्य प्रतियोगिता २०८१ को उपाधी धरानको होली गाडेन एकेडेमीले हात पारेको छ।
बिहीबार धरान-८ स्थित सभागृह भवनमा सम्पन्न भएको प्रतियोगिताको फाइन कार्यक्रममा धरानको १४ वटा विद्यालयलाई पछि पार्दै होली गाडेनले उपाधी हात पार्न सफल भएको हो।
विजयी हुन सफल होली गाडेन एकेडेमीले नगत रु ३५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो।


त्यस्तै गरि प्रतियोगितामा पर्वत माध्यमिक विद्यालय दोस्रो, लिगामेट आवासीय विद्यालय तेस्रो, सुनखरी एकेडेमी चौँथो र यु एन विद्यालय पाचौँ भएका छन। उनिहरुले ट्रफि, प्रमाणपत्र र क्रमशः नगत रु २० हजार, १५ हजार, १० हजार प्राप्त गरे।
प्रतियोगिताको फाइन कार्यक्रमको निर्णायकमा मनि कुमार राई, पनिता तामाङ र सन्तोष तामाङले रहेका थिए।
कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले आफ्नो शुभकामना मन्तव्य दिदै आफु उपप्रमुख रहुन्जेल धरान नृत्यकला प्रतिष्ठान सहयोग गर्ने बाचा गरेका थिए।




फाइन प्रतियोगितामा कार्मेल विद्यालय, जेन्थ विद्यालय, नोबेल एकेडेमी, लिबटि आवासीय विद्यालय, धरान मेघा हिमालयन विद्यालय, नवदय विद्या मन्दिर विद्यालय, ज्ञानकुन्ज आवासीय विद्यालय, यु एन विद्यालय, सुनखरी एकेडेमी, पर्वत माध्यमिक विद्यालय, विजयपुर माध्यमिक विद्यालय, मेरिगोड विद्यालय, होली गाडेन एकेडेमी, लिगामेट आवासीय विद्यालय र इस्टन एजुकेसनल एकेडेमीको सहभागीता रहेको थियो।























