धरानका युवा सहित लागुऔषधमा १० जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, पुस ०७ गते ।

धराने मिडिया : झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०५ गते साँझ विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले ट्रामाडोल २०० क्याप्सुल  र स्पास्पेन १९० ट्याब्लेट सहित धरान-१६ का ३२ बर्षीय रुबिन खड्का र २२ वर्षिय साहिल मगरलाई र प्रहरी चौकी भरौलले रामधुनी- ७ का २१ बर्षीय अबिशेक चौधरी र २१ वर्षिय सन्दिप चौधरीलाई ट्रामाडोल- १५८ क्यापसुल, स्पास्पेन- ५८ ट्याव्लेट र स्पासरेस्ट-१०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई  ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर