धरानमा संगीत जात्राको पहिलो दिन "बादँल बनेरै आए नि हुन्छ"
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस ०७ गते ।
धराने मिडिया : धरानमा पुष ७ गतेदेखि १७ गतेसम्म संगीत जात्रा साँस्कृतिक महोत्सवको आज पहिलो दिन नेपालको चर्चित ब्यान्ड "रकहेड्स" को प्रस्तुति रहने भएको छ।
ब्यान्डले रंग, हजार जनम, धुन, सिधा कुरा, भवना जस्ता बहुचर्चित गितहरु आज प्रस्तुति दिने भएको छ। युटुबमा लाखौँ पटक सुनिएको उक्त गितहरु धरानमा लाइभ देख्न सकिन्छ।
महोत्सवमा रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था पनि गरिएको छ।
त्यस्तैगरि महोत्सवमा कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ।
महोत्सव धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना भइरहेको छ।