धरानमा गायिका अस्मिता अधिकारी
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस ०८ गते ।
धराने मिडिया : धरानमा संगीत जात्राको दोस्रो दिन (पौष ०८ गते) नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने भएको छ।
नेपाली आइडलको दोस्रो सिजनबाट अस्मिता अधिकारी संगीतमा चम्किएकी हुन् । ‘साली मन पर्यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर’ लगायत उनका चर्चित गीत हुन् ।
पुष ७ गतेदेखि १७ गतेसम्म हुने उक्त जात्रामा पहिलो दिन (पौष ०७ गते) "रकहेड्स" ब्यान्डको प्रस्तुति रहेको थियो।

जात्रामा रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था पनि गरिएको छ।
जात्रा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना भइरहेको छ। साझ ४ बजे देखि १० बजे सम्म उक्त जात्राको समय निर्धारण गरिएको छ।

जात्रामा कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ।
कार्यक्रम संचालनमा नविना मङ्रान्ति रहेकी छिन।




















