बाँसको भाटा निकाल्ने क्रममा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
खोटाङ, २०८१ पुस १२ गते ।
धराने मिडिया : खोटाङको केपिलासगढी गाउँपालिका-३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।
पुस १० गते दिउँसो काठमाण्डौबाट बाक्सिला तर्फ जाँदै गरेको ना.१ ज ७१८१ नम्बरको सुमो गाडीको टायरमा बाँसको भाटा अड्केकोले गाडी रोकि निकाल्ने क्रममा गाडी अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरी दुर्घटना हुदा घाईते भएका केपिलासगढी-का ७३ बर्षीय दुर्गा प्रसाद राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको हो।
चालक ऐसेलुखर्क गाउँपालिका-१ का सत्रुधन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान रहेको छ ।