भेडेटारमा तिन दिने फुट फेष्टिवल हुदै, प्याराग्लाइडिङ देखि स्काई व्रीज सम्मको मनोरन्जन
समाचारदाता : गोपाल पौडेल


२०८१ पुस १२ गते ।
धराने मिडिया : भेडेटारमा पौष १६ देखि १८ गते सम्म १२ औ भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर तिन दिने फुड फेस्टिवलको आयोजना हुने भएको हो।
फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशोसिएसन भेडेटारले जनाएको छ ।
फेष्टिवलमा साँगुरीगढी, नाम्जे गाउँ होम स्टे, आत्मा बस्ने घर, अजंगको वर लाप्चे टार, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी ध्वजे डाँडाँ पदमार्ग, सुर्योदय बौद्ध पार्क, झण्डी डाँडा गोलखाडी, नमस्ते झरनालगायतका ठाउँहरु अवलोकन गर्न सक्नेछ।
यसै वर्ष दखि आयोजकले फेष्टिबल प्याकेज समेत उपलब्ध गरेको छ। जस्मा :
पहिलो दिन - पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई व्रीज भ्रमण, नमस्ते झरना भ्रमण, भेडेटार वा नाम्जे बास र खाना जम्मा रु २५००/-
दोस्रो दिन - ध्वजे डाँडा सुर्यदय अवलोकन, एसियाको दोस्रो ठुलो अजङ्गको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन, बस्नको लागि नाम्जे वा डाँडाबजार होम स्टे र खाना जम्मा रु २५०० /-
तेस्रो दिन - तमोर रिभर राफ्टीङ्ग, भेडेटार बास र खाना जम्मा रु ४०००/- र प्याराग्लाइडिङ, भेडेटार बास र खाना जम्मा रु ८००० /-
(नोट : सम्पुर्ण प्याकेजमा २०% सम्म छुट रहेको छ।)
भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ।
भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन।
भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो। चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ।
भेडेटारमा पिकनिक तथा गर्मी छल्ने तराई तथा भारतीय पर्यटकहरूको अत्यधिक आवतजावतले रौनक भरेको छ। यहाँ पहाडी मौसम लगायत अर्ज्ञानिक फलफूल तथा तरकारी एवं स्थानीय परिकारहरू पस्किने भएको हुँदा सबैको आकर्षणको केन्द्र बनेको छ। यातायातको यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्त्वको स्थानको रूपमा अझ विकसित हुँदै जाने सम्भावना रहेको छ।