शनिबार आँखा झिमझिमाउन एकदेव लिम्बू धरानमा
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस १३ गते ।
धराने मिडिया : गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा पर्यो। उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्था ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ ।
युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्, लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन् ।
उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सवमा धराने जनताको माग भए अनुसार आफुहरुले एकदेव लिम्बूलाई निम्तो गरिएको क्लवका अध्यक्ष कृष्ण राईले बताए ।
सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले रुचाइएका गायक लिम्बू गायकीमा मात्रै होइन समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै फरक क्षमताकी एक युवतीको सहयोगार्थ उनकै घरमा च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए ।
लोक आधुनिक तथा पप फ्लेवरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर धरान संगीत जात्रामा एकदेव लिम्बूलाई बोलाइएको जात्राका संयोजक दिपचन्द्र राई (कान्छि) ले बताए ।
प्रत्येक दिनजसो चर्चितका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले लगतै आइतबार ज्योती मगर, सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको कान्छिले बताए ।