धरानमा तीन दिने गाँठो तथा कवाज तालिम क्याम्प सुरु
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस १४ गते ।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजनामा तीन दिने गाँठो तथा कवाज तालिम क्याम्प स्थानीय स्काउट कार्यालय धरान- १३ मा सुरु भएको छ ।
धरानभरिका ९० स्काउटहरुको सहभागिता रहेको क्याम्पको उद्घाटन सत्रको प्रमुख अतिथि कोशी प्रदेशका सांसद माननीय रमेश बस्नेतज्यू रहनुभएको थियो ।
नेपाल स्काउटका सह प्रमुख आयुक्त किरण गिरीज्यूको विशेष आतिथ्यता रहेको थियो भने राष्ट्रिय कार्यकारी सदस्य रवी खनालज्यू, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यू, राष्ट्रिय परिषद् सदस्य निर्मला अधिकारीज्यू, बराहक्षेत्रका स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई, प्रदेश अधिकृत नवराज घिमिरेज्यू, प्रदेश परिषद् सदस्य गोपाल पौडेलज्यू, क्याम्प संयोजक सुमन महतोज्यू लगायतको उपस्थिति रहेको थियो ।
धरानका स्थानीय प्रमुख आयुक्त मधुसुदन घिमिरेज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य धरानका स्थानीय शुसासन, श्रोत विकास तथा वित्त आयुक्त सूर्यकुमार सुनुवारज्यूले गर्नुभएको थियो ।
विद्यालयबाट छनौट भएर आएका स्काउटहरु पूर्ण आवासीय रुपमा रही तीन दिनसम्म कवाज र गाँठो सम्वन्धि ज्ञान लिने क्याम्प प्रमुख एवम् प्रदेश शैक्षिक पद्दती आयुक्त सुशील राइज्यूले बताउनुभयो ।