पुस २५ देखि  ‘धरान एक्स्पो २०८१’

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस १५ गते ।

धराने मिडिया : धरानको कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले पुस २५ देखि  ‘धरान एक्स्पो २०८१’ आयोजना हुने भएको छ ।

सुनसरि उद्योग वाणिज्य संघकाे आयाेजनामा पाैष २५ गते देखि माघ ५ गते सम्म चल्ने एक्पाेमा १ सय ४२ वटा स्टल रहने आयाेजक सुनसरि उद्योग वाणिाज्य संघले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।

संघका अध्यक्ष विजय श्रेष्ठले धरानको आर्थिक गतिविधि।, उद्योग व्यवसाय विकास र विस्तारमा योगदान पुर्याउने लक्ष्यका साथ विगत २ बर्षदेखि एक्स्पो आयोजना भइरहेको बताए ।

एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ भने हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिनेछन् ।

Dharan expo 2081

धरान एक्स्पो २०८१ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने बताउनु भयो । धरानको व्यापार व्यवसायमा मन्दी आएकाले एक्स्पोले चलायमान हुने उहाँको भनाई छ । नेपाल, भारत, पाकिस्तानलगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय ४२ स्टलले आआफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्ने उहाँले जानकारी दिनु भयो ।

Dharan expo 2081 (3)