आसरा सुधार केन्द्र पानवारी धरानको निरीक्षण
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८१ पुस १६ गते ।
धराने मिडिया : सुनसरीको धरान पानवारी स्थित रहेको आसरा सुधार केन्द्र पानवारीको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नावय महानिरीक्षक राजन अधिकारीले निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भएको छ ।
पुस १४ गते संचालक समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा भएको निरीक्षण भ्रमणको क्रममा वहाँले सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचाररत सदस्यहरुको आवास तथा सरसफाईको अवस्था समेतको निरीक्षण गर्नुका साथै केन्द्रबाट दैनिकरुपमा संचालन हुँदै आएको गतिविधिहरुको वारेमा जानकारी लिनु भई उपचाररत सदस्यहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।
आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीका संरक्षक समेत रहनु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले लागुऔषधको कुलतबाट हुन सक्ने व्यक्तिगत, परिवारिक, सामाजिक, आर्थिक समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले दुर्व्यसनीमा फसेका युवाहरुलाई उपचार तथा परामर्श प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने सुधार केन्द्रको लक्षलाई अझ प्रभावकारी र उपलव्धिमुलक बनाउन कार्यरत प्रहरी कर्मचारीहरु तथा संचालक समितिका पदाधिकारीहरुलाई आवश्यक निर्देशन तथा सुझाव समेत दिनु भएको थियो ।