एक वर्षपछि समिर श्रेष्ठ धरानमा आफ्नो प्रस्तुति दिदै 

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस १६ गते ।

धराने मिडिया : नेपालका चर्चित गायक तथा गीतकार समिर श्रेष्ठले धरानमा एक वर्षपछि आफ्नो प्रस्तुति दिने भएका छन। गत वर्ष २०८० मा धरान एक्स्पोमा उनले आफ्नो दमदार प्रस्तुति दिएका थिए।

धरानमा ९ औं दिन देखि निरन्तर चलिरहेको धरान संगीत जात्रा २०८१ को आज १० औं उनको प्रस्तुति देख्न सकि्न्छ।

उनको पहिलो डेब्यु गीत चार देवर थियो, जुन २०२१ मा रिलिज भएको थियो, २०२२ मा रिलिज भएको उनको गीत थमना हात लोकप्रिय भयो।

हालसालै उनको सपना सुमनसँगको गीत ‘जे छाउ टिमी’ विशेषगरी युवायुवतीमाझ लोकप्रिय भएको छ । उनले तिमि भायरा (२०२२) र जे छाउ तिमि (२०२३) गीतहरू रिलिज गरेपछि लोकप्रियता कमाउन थाले।

उक्त संगीत जात्रा पुष १७ गतेसम्म चल्नेछ। जात्रामा रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था पनि गरिएको छ।

जात्रा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना भइरहेको छ। साझ ४ बजे देखि १० बजे सम्म उक्त जात्राको समय निर्धारण गरिएको छ। 

Samir Shrestha