धरान नगर  स्काउटको क्याम्प सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस १७ गते ।

धराने मिडिया : नेपाल स्काउट, स्थानीय स्काउट कार्यालयको आयोजनामा तीन दिने गाँठो तथा कवाज तालिम क्याम्प स्थानीय स्काउट कार्यालय धरान- १३ मा सम्पन्न भएको छ ।

धरानभरिका १६ विद्यालयका ८८ स्काउटहरुको सहभागिता रहेको क्याम्पको समापन सत्रको प्रमुख अतिथि कोशी प्रदेशका सांसद माननीय विजय राई रहनुभएको थियो ।

कोशी प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङ तथा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, सुनाखरी विद्यालयका प्रिन्सिपल मिलन राई, डि पि विलिभर्स विद्यालयका प्रिन्सिपल सन्जिव वान्तवा, क्याम्प संयोजक सुमन महतो लगायतको उपस्थिति रहेको थियो ।

b46f8e42-e1b8-40b5-820c-912071c461ea

धरानका स्थानीय प्रमुख आयुक्त मधुसुदन घिमिरेज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य धरानका स्थानीय कार्यसमिति सदस्य धनकुमार राईज्यूले गर्नुभएको थियो ।

विद्यालयबाट छनोट भएर आएका स्काउटहरु पूर्ण आवासीय रुपमा रही तीन दिनसम्म कवाज र गाँठो सम्वन्धि ज्ञान लिएको क्याम्प प्रमुख एवम् प्रदेश शैक्षिक पद्दती आयुक्त सुशील राइज्यूले बताउनुभयो ।

क्याम्पमा मार्च पास प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरबाट आउनु भएका प्रशिक्षकहरुले गराउनु भएको थियो ।

8d137fe4-5a36-4d43-928c-f9a6ad46798a