स्कुल डान्स आइडल २०८१ को उपाधी चारु राई र सुविन्सा राई

समाचारदाता : गोपाल पौडेल

२०८१ पौष १८ गते ।

धराने मिडिया : २०८१ पौष १४ गते आइतबार धरान-८ स्थित सभागृह हलमा युनाइटेड डान्स एकेडेमी धरानद्वारा आयोजित नगर स्तरीय स्कुल डान्स आइडल २०८१ को आठौं सस्करण सिनियर तर्फ सुनाखरी एकेडेमीकि छात्रा चारु राई र जुनियर तर्फ पर्वत स्कुलकि छात्रा सुविन्सा राईले जित्न सफल भएकी छिन।

प्रतियोगिताको सिनियर तर्फ लोट्स स्कुलकि छात्रा प्रीन्सिना राई दोस्रो, हिबिकस स्कुलकि छात्रा निवाप्रेमी लिम्बू तेस्रो र अरनिको स्कुलकी छात्रा रिहाना श्रेष्ठले सान्त्वना पुरस्कार हात पारे।

यसैगरी जुनियर तर्फ एक्वा स्कुलकि छात्रा जेसिना रसाइली दोस्रो, पर्वत स्कुलको छात्र जेनिस तामाङ तेस्रो र विष्णु स्कुलकि छात्रा सम्बृद्धी कार्कीले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सिनियर तर्फ विजेताले नगद रु १ लाख(चादिको क्राउड), दोस्रोले ५० हजार, तेस्रोले २५ हजार र सान्त्वनाले नगद रु ५ हजार प्राप्त गरे भने 

जुनिय तर्फ विजेताले नगद रु ५० हजार(चादिको क्राउड), दोस्रोले रु २५ हजार, तेस्रोले रु १० हजार र सान्त्वनाले रु ५ हजार प्राप्त गरे। त्यस्का साथै सम्पुर्ण विजेताले ट्रफी, प्रमाणपत्र र उपहार प्राप्त गरे।

218ed351-2edb-4a60-b0eb-f221a98bfd6bd8ee6407-3dcf-4894-a734-1b09e43ca861

प्रतियोगिताको निर्णायकहरुमा धरान नृत्यकला प्रतिष्ठानकि अध्यक्ष नन्दा राई र कला सस्कृती भिबाक प्रमुख देवराज खड्का रहनु भएको थियो।

सोही कार्यक्रममा युनाइटेड डान्ड एकेडेमीमा लामो समय देखि अनुशासनमा रहेर कार्य गर्नुहुने विजय प्रसाद ढकाल, अञ्जली राई, इमिशा राई र रिन्छिन गुरुङलाई नगद रु ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य माननीय ममता तामाङ, विशेष अतिथीका रुपमा रबिना सुब्बा गुरुङ, दिपक दुमि राई, श्याम पोख्रेल, हर्कजङ एमेङ, सुजेन्द्र गोले साथै विभिन्न स्कुलका प्रीन्सिपल तथा अभिभावकहरु उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापती एकेडेमीका अध्यक्ष तृष्णा राई रहनुभएको थियो ।

7268ad80-002f-4847-a6d9-233380ba3554

२०८१ जेष्ठ ११ गते बाट सुरुवात भएको प्रतियोगिताको स्कुल अडिशनमा धरान भरीका ५७ वडा स्कुलमा ५७५३ जना सहभागी भै फाइन राउन्डमा २२ वड विद्यालयबाट ३१ जना फाइनमा पुग्न सफल भएका थिए।

यस कार्यक्रमको समयोजकको रुपमा  विजय प्रसाद ढकाल रहनु भएको थियो।

152d5b43-a8d2-4d22-a07a-49169846b2dbe4e6f1dc-b972-4b97-8183-3c2929c00fd0