१२४ औं धरान उत्सवको तयारी पुरा

समाचारदाता : गोपाल पौडेल

२०८१ पौष २० गते।

धराने मिडिया : धरान उपमहानगरपालिकाको स्थापना भएको १२४ वर्ष पुरा भएको अवसरमा धरान-१६ स्थित रंगशालामा कार्यक्रमको तयारी पूरा भएको छ।

 आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान उत्सव हुने भएको हो।

आज उत्सवको पहिलो दिन ११ बजे देखि १ बजे सम्म र्याली, १ बजे देखि ५ बजे सम्म उद्घाटन तथा सम्मान कार्यक्रम र ५ देखि १० बजे सम्म सास्कृतिक कार्यक्रम आयोजना हुनेछ।

धरान उत्सव धरान १६ स्थित रंगशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना भइरहेको छ।

17359699771121735969975527