धरानका नगर प्रमुखको "थोत्रे गाग्री" आन्दोलन
समाचारदाता : गोपाल पौडेल
२०८१ पुष २१ गते ।
धराने मिडिया : धरानका नगर प्रमुख हर्क राज राईले माघ ६ गते देखि धरानको खानेपानीको विषयलाई लिएर आन्दोलन गर्न घोषणा गरेका छन।
आइताबार दिउसो आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उनले आन्दोलन गर्ने घोषणा गरेका हुन। उनि लेख्छन :
"आन्दोलन 'थोत्रे गाग्री' ! माघ ६ गते देखि शुरु हुनेछ खानेपानीको आन्दोलन ! सांकेतिक र सभ्य शैलीको दवाव ! ६ गते भानुचौकमा उभिने ! ७ गते काठमाण्डौमा गएर पत्रकारहरुलाई सुनाउने ! ८ गते मन्त्रालय छिर्ने र मन्त्रीज्युहरुलाई भिट्ने ! "
उनले यस आन्दोलनलाई "थोत्रे गाग्री" नाम दिएका छन। गते पौष २० गते शनिबार भएको धरान उत्सवको उद्घाटन समारोहमा उनले केन्द्र सरकारले धरानको खानेपानी समस्यालाई खासै ध्यान नदिएको गुनासो राखेका थिए। उनले भाषणको क्रममा थोत्रे गाग्री लिएर प्रधानमन्त्रीलाई भेट्न जाने कुरा समेत राखेका थिए ।
आइताबार साझं फेरि उनि लेख्छन :
" २ वर्ष ६ महिना कुरियो अब आन्दोलनल 'थोत्रे गाग्री' शुरु हुनेछ ! धराने जनताले मलाई त्यसै नगरप्रमुख बनाएका होइनन् ! म त्यसै प्रमुख बनेको होइन ! I will do everything for my people who trusted me and voted me."
खानेपानीको मुद्दा लिएर नगर प्रमुख हर्क राज राई (साम्पाङ) चुनाव जितेका थिए। उनि प्रमुख भएको २ वर्ष ६ महिना बितिसकेको छ। यो कार्यकालमा उनले धरानको खानेपानी समस्या समाधान गर्न विभिन्न अभियान सुरु गरे।
अभियानबाट खानेपानी समस्या केहि पुरा भएपनि हालसम्म पुर्ण रुपमा समाधान हुन सकेको छैन। त्यहि विषयलाई लिएर नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले "थोत्रे गाग्री" आन्दोलन सुरु गर्न लागेको हो।