धरान एक्स्पो २०८१’ भोलिदेखि सुरु, उद्घाटन उप–प्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने 

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस २४ गते ।

धराने मिडिया : धरान रंगशालामा भोलि पुष २५ गतेबाट सुरु हुने ‘धरान एक्स्पो २०८१’को सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।

प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मेलाको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नेछन्। उद्घाटन समारोहमा संघीय र प्रदेश सरकारका अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ।

e15549db-76ed-4009-b255-2e93e592d5f8be8280dc-40fe-4792-a52c-1f533adcce43

१० दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका करिब एक सय पचासवटा स्टलहरू रहने छन्। यसका साथै, आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने छन्। मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको छ।

एक्स्पोको पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईको सांगीतिक प्रस्तुति हुनेछ। उनले आफ्ना लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायतका अन्य थुप्रै हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन्।

0f60f758-ef1b-4f8a-9a3d-8797f7311d7fd6f4c359-6394-4321-b577-e7aa96d0a0d5