लागुऔषध सहित ५ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, २०८१ पुस २७ गते ।

धराने मिडिया : झापा र मोरङबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ स्थितबाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ का २६ बर्षीय सरुप राई र उनको श्रीमती ३२ बर्षीया आरती मगरलाई नियन्त्रणमा लिएको छ  । 

त्यसैगरी मोरङको बिराटनगर-१५ का १९ बर्षीय शेर मोहमद र ३५ बर्षीय रामु साहलाई ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको छ ।

 त्यस्तै इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१ का २१ बर्षीय हेरी मगरलाई ट्रमाडोल र स्पासपेन गरी जम्मा २३६ चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट भेडियारीले बिराटनगर- १८ स्थितमा बेबारिसे अवस्थामा रहेको ११ किलोग्राम गाँजा बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर