बोलेरो दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८१ पुस २८ गते ।
धराने मिडिया : धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थितमा बोलेरो दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।
पुस २५ गते राती ९ बजे पाख्रीबासबाट हिले तर्फ जाँदै गरेको को. १ ज २६३९ नम्बरको पिकअप बोलेरो आफै अन्यिन्त्रित भई सडकबाट करिव १५० मिटर तल झरी दुर्घटना हुँदा सह-चालक सिराहा लहानका २४ बर्षीय प्रमोद मल्लिकको घटनास्थलमा नै मृत्यु भएको थियो भने चालक पाख्रीबास नगरपालिका-९ का ३९ बर्षीय शुक्र बहादुर तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर