भारतीय पेन्शन वितरण कार्यलय धरानको रक्तदान तथा परिक्षण शिविर सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ पौष २८ गते।

धराने मिडिया : भारतिय राजदुतावास पेन्शन वितरण कार्यलय धरानले विगत वर्षहरु झै यो वर्ष पनि विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको संयोजकत्वता चौथो वृहत् रक्तदान साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सर, आखाको परिक्षण, मुटु रोग तथा हाडजोर्नी सम्बन्धि नि:शुल्क परिक्षण शिवर सम्पन्न भएको छ।

पौष २७ गते शनिवार कार्यलयको प्राङ्गणमा विहान ०८ बजे देखि बेलुका ५ बजे सम्म परिक्षण संचालन भएको थियो। कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम वेघाले रिबन काटि गरेका थिए।

सोहि दिन भएको रक्तदान कार्यक्रम १८८ पिन्ट रगत संकलन भएको थिए। उक्त १८८ पिन्ट रगत विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो।

412f3064-2924-45cb-8502-92243809ed43

d5cacf02-8be4-485b-a93d-ed578bea269d

कार्यक्रममा भुतपुर्व सैनिक तथा तिनका आश्रितहरु, नेपाली प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बलका जवानहरु, महिला भु पु समिति, सुनौला सक्षम महिला, समुह धरान-११, महिला सजाल धरान, उध्योग वाणिज्य संघ, पुर्वाञःचल क्याम्पस, हातिसार केन्द्रिय प्रविधिक क्याम्पस, यु एन कलेज, डिपोट स्कुल, सैनिक महाविध्यालय, होलिल्याण्ड बोर्डिङ स्कुल, पब्लिक स्कुल धरान-१३, दिपिन्द्र प्रहरी स्कुल, पिपिओ धरानका कर्मचारी र परिवारजन तथा अन्य सर्वसाधारणहरुको सहभागिता रहेको थियो। 

पिपिओ धरानका प्रभारी अधिकारी मेजर भरत  कनोजियाले पिपिओ धरानको यो आथित्यलाई स्वीकार  गरि यस महान सामाजिक कार्यमा सहभागीता जनाउनु भएकोमा सम्पुर्ण प्रति आभार प्रकट गरेका थिए। 

55583ba9-8898-4c55-8812-f3cfe5327bc2

f6c0ee24-2ccb-499b-8a47-a94a14138d44