चलचित्र "कार्साङ" धरानमा हाउसफुल, निर्देशक तथा कलाकरको उपस्थिति

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २ गते ।

धराने मिडिया : यही शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र 'कार्साङ' को बुधबार बेलुका धरानको फ्रेन्स सिनेमामा शो हाउसफुल भएको छ।

यसै दिन दर्शक माझ चलचित्रका निर्देश यम शेर्पा र नव अभिनेत्री सिर्जना निङलेखु लगायत उपस्थित रहे्को थियो भने दयाहाङ राई, जितु नेपाल, दीया मास्केको उपस्थित हुन नसकेको जानकारी दिइयो।

फिल्म हेरेर निस्किँदै गर्दा अधिकांशले राम्रो प्रतिक्रिया दिए। मौलिक कथावस्तु, कलाकारहरूको अभिनय लगायतका पक्षको तारिफ गरे।

यम शेर्पाको डेब्यु निर्देशन तथा लेखन रहेको ‘कार्साङ’ मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय रहेको छ।

कार्यक्रममा याक्थुङ चलचित्र कर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बो, सुनसरी चलचित्र पत्रकार संघका अध्यक्ष विनोद विश्वकर्म, विभिन्न स्थानिय पत्रकार तथा कलाकारको उपस्थिति रहेको थियो। 

Karsang (11)Karsang (7)Karsang (6)Karsang (5)Karsang (12)Karsang (8)Karsang (9)SrijanaKarsang (4)KarsangKarsang (10)Karsang (3)Karsang (2)