धरानबाट सहित लागुऔषधमा ९ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८१ माघ ४ गते ।

धराने मिडिया : झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २ गते झापाको दमक नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक -२ का २३ बर्षीय सुसन बन्जरालाई लागुऔषध ट्रामोल ५० -२०० क्याप्सुल र स्पास्पेन-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५का २५ वर्षिय प्रकाश राजबंशी, ३२ वर्षिय रतन राजबंशी, २१ वर्षिय करण धिमाल र  इलाम एकतप्पा-७ का २१ वर्षिय  आषिश लिम्बुलाई ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले हिजो धरान-१२ स्थित लेटाङ-२ का २१ वर्षिय निरज मगरलाई १ ग्राम ३ मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ र इलाका प्रहरी कार्यालय नेमुवाले बुढिगंगा- २ टंकी चौक स्थितबाट २४ वर्षिय मोहमद हकिमको साथबाट निट्राजेपाम-४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय धरानले हिजो गोप्य सुचनाको आधारमा ट्रामाडोल-२५००क्याप्सुल लागु औषध सहित  धरान-१०की २७ बर्षीय मनिका बि.क र ३८ बर्षीया रेनुका लिम्बुलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर