लागूऔषध सहित २ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ ७ गते ।
धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ५ गते विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे-३ का २२ बर्षीय निकेश शिवा र १९ वर्षिय भिम दर्जीलाई एभिल-७ एम्पुल, लुपिजेसिक-५ एम्पुल, डाइजोपाम-५ एम्पुल र फेनारागन-५ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर