धरानमा ट्रकको ठक्करबाट ८६ बर्षीय पैदल यात्रीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ ८ गते ।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

पुस ०६ गते दिउँसो १ बजे प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदा पैदल यात्री स्थानीय ८६ बर्षीय विर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न सवारी साधन र चालक धरान-८ का ४८ बर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर