सिंहदरबारमा लैजान पाएनन् रित्तो गाग्री

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ ८ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् ।

मंगलवार बिहान उहाँ रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ ।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्। साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन्।