विराटनगरमा चौथो प्रादेशिक ज्याम्बोरेट हुने

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ ०९ गते ।

धराने मिडिया : प्रदेश स्काउट कार्यालय कोशी प्रदेशको आयोजनामा आगामी माघ २५ गतेदेखि २८ गतेसम्म चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ।

विराटनगर स्थित डिग्री क्याम्पसमा आयोजना हुने ज्याम्बोरेटमा ३००० स्काउटहरुको सहभागिता हुनेछ । स्काउटसङ्ग सम्बन्धित विभिन्न सहासिक , मनोरञ्जनात्मक, सस्कृतिक  र बौद्धिक क्रियाकलापहरु ज्याम्बोरेटमा संचालन हुनेछन् ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरेटको बारेमा कार्यक्रमको बारे जानकारी गराइएको थियो । कोशी प्रदेशका सम्पुर्ण स्थानीय तहबाट छनोट भएका स्काउटहरु कार्यक्रममा सहभागी हुनेछन साथै अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रुपमा स्काउटहरुको सहभागिता हुनेछ ।

122fd66b-0983-449f-9a12-6926ce6bcca4

ज्याम्वोरेटमा स्काउटमा सम्लग्न ११ बर्षदेखि १६ बर्षसम्मका स्काउट  विधार्थीहरु सहभागी हुनेछ। ज्याम्बोरेट स्काउटहरुको भेला हो।

ज्याम्बोरेट प्रत्येक ४/४ बर्षमा हुने गरेको छ भने प्रादेशिक संरचना पछाडीको यो पहिलो ज्याम्बोरेट हो ।

ज्याम्बोरेट सम्पन्न गर्नका लागि प्रदेश प्रमुख आयुक्त हेमन्त भणडारीको अध्यक्षता १३ सदस्यीय आयोजक कमिटी बनेको छ।

साथै कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक माननीय हिक्मत कुमार कार्कीज्युको संरक्षकत्वमा सामाजिक विकास मन्त्री माननीय  पाँचकर्ण राईज्युको अध्यक्षता सल्लाहकार समिति गठन गरिएको छ ।

ज्याम्बोरेटको तयारीका लागि २५ वटा विभिन्न उपसमितिहरु बनाएर काम अगाडी बढाइएको छ । ज्याम्बोरेटका क्रियाकलापहरु संचालन गर्न २०५ जनाको सर्भिस टिम बनाइ तयारीलाई तिब्रता दिइएको बताइएको छ।

93f23b73-674e-43a8-926c-9de5e11bf42a7bff4c4c-59db-4b32-9012-2474f3514d39