धरान एक्सपोमा फ्रेण्ड्स सिनेमाजले बाँड्यो ९२० वटा फ्री टिकट
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ ११ गते ।
धराने मिडिया : माघ ८ गते सम्पन्न भएको धरान एक्स्पो २०८१ मा फ्रेण्ड्स सिनेमाजले ९२० वटा फिल्मको फ्री टिकट भाउचर बाँडेको छ।
धरान १६ स्थित रङ्गशालामा सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न एक्स्पोमा फ्रेण्ड्स सिनेमाज अफिसियल थिएटर पार्टनरको रूपमा सहभागी भएको थियो।
फ्रेण्ड्स सिनेमाजले एक्स्पोको स्टल नम्बर ४८ मा “स्पिन एण्ड विन” खेल सञ्चालन गरेको थियो। एक सय रुपैयाँमा खेल्न मिल्ने यो खेलमा १,००० जनाले सहभागीता जनाएका थिए, जसमा ९२० जनाले फिल्मको फ्री टिकट जितेका थिए।
फ्रेण्ड्स सिनेमाजका ड्युटी अफिसर सुजन राईका अनुसार, "ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्न र ब्रान्डको प्रचार गर्न हामीले यो गतिविधि सञ्चालन गरेका हौं। यसले हाम्रो हलप्रति दर्शकहरूको रुचि र क्रेजलाई अझ बढाएको छ।"
फ्रेण्ड्स सिनेमाजको स्टलमा दर्शकहरूको उल्लेखनीय भीड लागेको थियो। एक्स्पोको स्टल संयोजक विष्णु बरालले भने, "फ्रेण्ड्स सिनेमाजको गतिविधिले यसपटकको एक्स्पोमा थप आकर्षण ल्याएको छ। यो मनोरञ्जनात्मक पहलले दर्शक र ग्राहकहरूलाई एक्स्पोमा झनै सक्रिय बनाएको छ।"
धरान एक्स्पो १३ दिनसम्म सञ्चालन हुँदै करिब ३ लाख दर्शकले अवलोकन गरेका थिए भने ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।
फ्रेण्ड्स सिनेमाजको सक्रियताले एक्स्पोलाई थप रङ्गीन बनाउँदै मनोरञ्जनको नयाँ अनुभव दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।