इटहरीबाट ब्राउन सुगर सहित १ जना पक्राउ समाचारदाता : गोपाल पौडेल २०८१ माघ १३ गते । धराने मिडिया : सुनसरीको इटहरी उप-महानगरपालिका-१ बाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १२ गते दिउँसो इलाका प्रहरी कार्यालय इटहरी र सामुदायीक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २७ बर्षीय दुर्गेश चौधरीलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ । श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर