हरिणको मासु सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ १५ गते ।

धराने मिडिया : मोरङको लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वन स्थितबाट काट्दै गरेको हरिणको मासु सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ बर्षीय कुमार राई रहेका छन् । माघ १२ गते साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोलीले राईलाई हरिणको मासु काट्दै गरेको अवस्थामा वनमा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनका उनको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर