प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

झापा, २०८१ माघ १८ गते ।

धराने मिडिया : झापाको झापा गाउँपालिका-४ स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १७ गते दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका-२ का २५ बर्षीय सुनिल राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट Nitrosrin ४० ट्याब्लेट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर