२९ औँ विश्व सिमसार दिवसको पूर्व संध्या राजा रानी सिमसार क्षेत्र सरसफाई

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ १९ गते ।

धराने मिडिया : विश्व सिमसार दिवस (World Wetlands Day) प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ ।

सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।

Rajarani Taal Letang (4)Rajarani Taal Letang (3)Rajarani Taal Letang (6)

विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान पनि हो ।

सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।

Rajarani Taal LetangRajarani Taal Letang (5)Rajarani Taal Letang (2)Direndra Shah