भोलि देखि धरानमा विजिनेश एक्स्पो

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २५ गते।

धराने मिडिया : धरानमा भोलि देखि १५ दिने विजिनेश एक्स्पो आयोजना हुने भएको छ।

धरान-१३ स्थित रंगशालामा माघ २६ देखि फागुन १० गते सम्म हुने भएको एक्स्पोमा उद्घाटन कोशी प्रदेशका हिक्मत कार्कीले गर्ने भएका छन।

एक्स्पोमा साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क ताकिएको छ भने दिउसो मसर्वसाधारणलाई निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले जानकारी दिए।

१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।