धरानमा रचनासग भ्यालेन्टाइन

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन ०२ गते।

धराने मिडिया : नेपालकी चर्चित गायिका रचना दाहाल यस वर्षको आफ्नो भ्यालेन्टाइन डे धरानमा मनाउने भएकी छिन। धरानमा चलिरहेको विजिनेस एक्स्पोमा उनले भ्यालेन्टाइन डे आफ्नो प्रस्तुति दिइ मनाउने भएकी हुन। 

आयोजकका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । सपनाको राजा, भुमरी, दागबत्ति उनका केहि चर्चित गितहरु रहेको छ।

पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन् ।

धरान-१३ स्थित रंगशालामा माघ २६ देखि फागुन १० गते सम्म हुने भएको एक्स्पोमा उद्घाटन कोशी प्रदेशका हिक्मत कार्कीले गरेका थिए।

एक्स्पोमा साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क ताकिएको छ भने दिउसो मसर्वसाधारणलाई निशूल्क प्रवेश गराइने छ।

१५ दिने एक्सपोमा यस अघि नै राजेश पायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु प्रस्तुती भैसकेको छ।