लागूऔषध सहित पक्राउ
समाचारदाता : गोपाल पौडेल


झापा, २०८१ फागुन ०६ गते।
धराने मिडिया : झापाको झापा गाउँपालिका-५ स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ति टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
दिउँसो चेकजाँचको क्रममा मे. ३ प २०६६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका झापा गाउँपालिका-५ का २५ बर्षीय तोफिजुल अली र २० बर्षीय चान महमदलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर