सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १० गते।
धराने मिडिया : संखुवासभा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
फागुन ८ गते साँझ संखुवासभाको सभापोखरी गाँउपालिका-६ स्थित भित्री सडक खण्डमा भे. २ त १९२९ नम्बरको वालुवा बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट खोल्सिमा झरेर दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा चैनपुर नगरपालिका-६ का १९ बर्षीय रबि बराईली गम्भिर घाईते भएकोमा तत्काल प्रहरी चौकी बाह्रबिसेबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित मदन भण्डारी राजमार्गमा जन्ती बोकेर गाइघाट तर्फ आउँदै गरेको बा. ०६-००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना. ८ ख २४०४ नम्बरको मिनी ट्रक एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बसमा सवार वारा जिल्ला गढी गाउँपालिका-४ का ७० बर्षीय सिताराम धामीको बिराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रक चालक वारा जितपुर नगरपालिका-२४ का २५ बर्षीय सजाद आलाम धोवी र बस चालक रौतहट जिल्ला खतुवा बिजयपुर नगरपालिका-११ का ४५ बर्षिय कपिलदेव रायलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर