'नेपालमा हाब्रे' नामक पुस्तक बिमोचन

समाचारदाता : गोपाल पौडेल

इलाम, २०८१ फागुन १० गते।

धराने मिडिया :  हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको 'नेपालमा हाब्रे' नामक पुस्तक बिमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक बिमोचन गरिएको हो । 

इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि बिभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रुपमा बिमोचन गरिएको छ । पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो ।

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्कि, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भटराई, भिम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेको छ ।

पुस्तकले रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्णहुने अपेक्षा राखिएको छ ।