धरान-१७ स्थितबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १२ गते।

धराने मिडिया : सुनसरीको धरान-१७ स्थितबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १० गते राती १० बजे अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०२-०४० प ५६०४ नम्बरको स्कुटी चालक धरान-११ का १९ बर्षीय योगेन राई र स्कुटी पछाडि सवार २१ बर्षीय खेम यादवलाई ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर