धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १४ गते।

धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताउनुभएको छ ।

आज महाशिवरात्रि पर्व २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताउनुभयो ।

 मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

“नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध छ,”  शुभकामना सन्देशमा उल्लेख छ। साथै, उहाँले कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।