धरान-८ तीनकुने चेक प्वाईन्ट स्थितबाट लागूऔषध गाँजा सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १४ गते।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

फागुन १३ गते बिहान तीनकुने चेक प्वाईन्ट स्थित भित्री सडक-खण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धरानबाट  ईटहरी तर्फ जादै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाईकलमा सवार धनकुटा सहिद भुमी गाँउपालिका-२ का २१ बर्षीय सुरेश सिवालाई २९ किलो गाँजा सहित पक्राउ गरेको  छ ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर