मनोरंजन र सदेश बोकेको चलचित्र "फेरि रेशम फिलिलि"

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १५ गते।

धराने मिडिया : चलचित्र "फेरि रेशम फिलिलि" यहि फागुन १४ महाशिवरात्रीका दिनबाट देश व्यापि प्रदर्शन भइरहेको छ। चलचित्रले ‘अमेरिका मोह’को कथावस्तु उठाएको छ ।

चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको अभिनय छ ।

चलचित्र निरोज महर्जनले निर्देशन गरेका हुन् भने  निर्माता रौनक विक्रम कँडेलले गरेका हुन् । हाल सामाजिक संजालमा चलचित्रकी नायिका सुपुष्पा भट्टको चर्चा भइरहेको छ। 

त्यस्तैगरि चलचित्रको "फेरि जालमा" बोलको गित येतिबेला युटुबमा ट्रेन्डिङमा रहेको छ। हालसम्म उक्त गितले ५० लाख भन्दा बढि भ्युज पाइसकेको छ। 

"बुढा सुब्बा डिजिटल" युटुब च्यानलबाट १ महिना अगाडि सोहि गित रिलिज भएको थियो।