जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल

झापा, २०८१ फागुन १६ गते।
धराने मिडिया : झापाको हल्दिबारी गाँउपालिका-४ का ७६ बर्षीय भिम प्रसाद भट्टराईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
फागुन १५ गते बिहान चौकी बिराम सामुदायिक वन हल्दिबारीबाट घाँस काटेर फर्किने क्रममा भट्टराईलाई जंगली हात्तीले आक्रमण गरेर मृत्यु भएको अवस्थामा साँझ पौने ५ बजे स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथल झापाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी प्रादेशीक अस्पताल भद्रपुर पठाएको थियो ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर