मिस्टर एण्ड मिस एस.ई.ई धरानको पहिलो अडिसन सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन १८ गते।

धराने मिडिया : ग्रेस इभेट्सद्वारा आयोजित मिस्टर एण्ड मिस एस.ई.ई धरान २०८१ को पहिलो अडिसन सम्पन्न भएको छ।

फागुन १७ गते शनिबार धरान-७ स्थित बुद्ध मार्गमा भएको अडिसन कार्यक्रममा २९ भन्दा बढी धरानका विभिन्न विद्यालयबाट यस वर्ष एस.ई.ई मा सहभागी हुने समूहका विद्यार्थीको सहभागी भएका थिए।

अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।

WhatsApp Image 2025-03-02 at 10.36.26 2WhatsApp Image 2025-03-02 at 10.36.25 (2) 2WhatsApp Image 2025-03-02 at 10.36.25 (1) 2

प्रतियोगिताको दोस्रो अडिसन  चैत २० गते शनिबार धरान-९ स्थित हाङ्कुक रेस्टुरेन्टमा हुने भएको छ।

यस अडिसनमा सामाजिक अभियानता सिमा राई, कविता/गित लेखक रचना घिमिरे, मोडेल राहिल गिरि र कोरियोग्राफर उमेश खड्का निर्णायकमा रहेका थिए।

अडिसन कार्यक्रम निश्चल पलिखे र सृष्टि विश्वकर्माले सचालन गरेका थिए।

WhatsApp Image 2025-03-02 at 10.36.25WhatsApp Image 2025-03-02 at 10.36.26 (2)WhatsApp Image 2025-03-02 at 10.36.26 (1)WhatsApp Image 2025-03-02 at 10.36.27